काठमाडौं । अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्टको तेस्रो संस्करण आज काठमाडौंमा हुँदै छ।भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस कनक्लेभको आयोजना गरिन लागिको हो। महोत्सव अन्तर्गत आगामी वैशाखको ५ देखि ७ गते सम्म पहिलो पटक ‘India@75 आइडियाथन’ को आयोजना गर्न लागिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।
कनक्लेभ वर्ष २०२२ को फेब्रुअरी महिनाको पहिलो हप्तामा गर्ने तय भएको थियो तर कोरोनाका कारण मार्चमा सारिएको हो। अघिल्ला दुई संस्करणमा, कनेक्ट इनले नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरू र विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्या देखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विषयवस्तुहरुमा अनुभवहरु साटासाट गर्न र एक आपसमा जोडिन मञ्च प्रदान गरेको थियो।
भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन अघिल्ला दुई संस्करणले हासिल गरेको सफलतालाई निरन्तरता दिने तेस्रो संस्करणको उद्देश्य रहेको दूतावासले जनाएको छ।
कन्क्लेभ तथा आइडियाथनमा युवाहरुलाई सक्रियताका साथ सहभागी हुन दूतावासकी नियोग उप–प्रमुख नामग्य खम्पाले युवाहरुलाई आग्रह गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, १३ : ४२
लेखकबाट थप