काठमाडौँ। बैंक अफ काठमाण्डू लिमिटेडले हेल्पलाइन सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरुको जानकारी तथा सेवा सञ्चालनमा सहयोग गर्न हेल्पलाइन स्थापना गरी सञ्चालनमा ल्याएको जनाएको हो।
हेल्पलाइन सेवाअन्तर्गत ग्राहकहरुले डिजिटल कारोबारहरुबारे कुनै जिज्ञासा भएमा बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नछन्। बैंकको मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यूआर कोड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटीएम तथा पीओसको कारोबारमा केही समस्या आएमा बैंकका ग्राहकहरुले हेल्पलाइन नम्बर ०१–५९१९९११ वा इमेल ठेगानाबाट सीधै सहयोग लिन सक्ने बैंकले जनाएको छ।
बैंकले सार्वजनिक गरेको हेल्पलाइन सेवाले ग्राहकहरुको बैंकिङ्ग तथा डिजिटल कारोबार अझै सहज बनाउने विश्वास बैंकले लिएको छ।हालसम्म बैंकले ९७ शाखा कार्यालय, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, १३ : ३१
लेखकबाट थप