‘दि कश्मीर फाइल्स’ तमिल, तेलुगु, मलयालम, कन्नड भाषामा पनि स्वरांकन हुँदै

सफल खबर संवाददाता

बुधबार, ०९ चैत्र २०७८, १३ : १२
‘दि कश्मीर फाइल्स’ तमिल, तेलुगु, मलयालम, कन्नड भाषामा पनि स्वरांकन हुँदै

काठमाडौं  । प्रदर्शनरत फिल्म ‘दि कश्मीर फाइल्स’को चर्चा दिन प्रतिदिन बढ्दो छ । कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ । 

फिल्मले पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले यसलाई चर्चामा ल्याएको हो । यसको प्रभाव व्यापारमा पनि देखिएको छ । दुई सय करोड क्लबमा सजिलै प्रवेश गर्ने फिल्मले यो व्यापार हिन्दी भाषामा मात्र गरेको छ । यो फिल्म प्रति दर्शकको आकर्षण बढेसँगै फिल्म अन्य भाषामा पनि स्वरांकन भएर रिलिज हुने भएको छ । 

तमिल, तेलुगु, मलयालम, कन्नड भाषामा पनि फिल्मलाई तयार गरेर प्रदर्शन गर्ने तयारी निर्माण पक्षले थालेको छ । नर्थ इन्डियाका सहरहरूमा कमाल गरिरहेको फिल्मले साउथका तमिल र तेलुगु भाषाका फिल्म रुचाउने दर्शकको पनि मन जित्ने विश्वास निर्माण पक्षको छ ।

फिल्म राम्रो भए चल्छ भन्ने उदाहरणलाई यसले नै पछिल्लो समय मुर्तरूप दिएको हो । फिल्मको चर्चा बढेसँगै पछिल्लो समय यसले ट्याक्समा छुट मात्र पाएको छ ।विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ । सामाजिक सञ्जालसँगै राजनीतिज्ञहरू, फिल्म र मनोरञ्जन उद्योगमा ‘द कश्मीर फाइल्स’ नामले चर्चा पाएको छ । कश्मीरी पण्डितहरू कश्मीरबाट पलायन भएको कथालाई बुनेको यो फिल्म कयौं थिएटरमा हाउसफूलका साथ चलिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस