महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा प्रतिक्षालय निर्माण

सफल खबर संवाददाता

बुधबार, ०९ चैत्र २०७८, ११ : ११
महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा प्रतिक्षालय निर्माण

काठमाडौं ।  महालक्ष्मी विकास बैंक लिमिटेडको बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जालपा माध्यमिक विद्यालयलाई प्रतिक्षालय निर्माण गरेर हस्तान्तरण गरेको छ।

विद्यालय प्राङ्गणमा एक विशेष कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानाध्यापक उत्तमबहादुर मल्ललाई प्रतिक्षालय निर्माणपछि हस्तान्तरण गरिएको कुरा यस बैंकको बझाङ शाखा प्रमुख हेम बोहराले जानकारी गराए।

विद्यालयका विद्यार्थीहरुलाई घामपानीबाट बच्न सजिलो होस् भन्ने उद्देश्यले बैंकले प्रतिक्षालय निर्माण गरिएको बैंकले जनाएको छ। हस्तान्तरण कार्यक्रममा विद्यालय प्रधानाध्यापक मल्लले विगतदेखि नै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रम गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवाद ज्ञापन गरे।

बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्ने जनाएको छ।

बैंकले प्रदेश नं १ मा ५, मधेस प्रदेशमा १५, बाग्मतीमा ३७, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णलीमा २ र सुदूरपश्चिममा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवा सरलीकृत तवरले प्रदान गर्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस