लमजुङ । नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका नेता हरिप्रसाद बराल नियुक्त भएका छन् । पार्टीको प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश सदस्य रहेका बराललाई ४ चैतमा संगठन विभाग प्रमुखमा नियुक्त गरेका हुन् । उनलाई पार्टीको विधान २०१७ ९संशोधनसहित० को परिच्छेद ४, धारा १० ९झ० बमोजिम पार्टी सभापति शर्माले नियुक्त गरेका हुन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका बराल काग्रेसका निवर्तमान जिल्ला सचिव हुन् । बेशीसहर नगरपालिका ३, बाहुनबेंसी घर भएका बराल ०३९ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य लिएर राजनीतिक क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि नेविसंघ मस्र्याङ्दी बहुमुखी क्याम्पसको अध्यक्ष हुँदै जल्ला सचिवमा निर्वाचित बराल नेविसंघको जिल्ला अध्यक्षमा ३ पटक निर्वाचित भएका थिए । विद्यार्थी राजनीतिबाट तरुणमा प्रवेश गरेका बराल तरुण दलको जिल्ला सचिव र महाधिवेशन प्रतिनिधि भइसकेका छन् ।
कांग्रेसको दशौं महाधिवेशन अन्तर्गत ०५७ मा आयोजित जिल्ला अधिवेशनबाट नेपाली कांग्रेसको जिल्ला सदस्य हुँदै सहसचिव भएका उनी १३ औं महाधिवेशन अन्तर्गत २०७२ मा जिल्ला सचिवमा निर्वाचित भएका थिए । १४ औं महाधिवेशनमा प्रदेश अधिवेशन अन्तर्गत बराल गण्डकी प्रदेश सदस्य बनेका छन् । नेपाली कांग्रेसको विधान अनुसार कार्य समितिका सदस्यलाई सभापतिले विभाग प्रमुख बनाउन सक्ने प्रावधान अनुरुप बराललाई सभापति शर्माले संगठन विभाग नियुक्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फुटको संघारमा कांग्रेस ? गगन–विश्वप्रकाश अघि बढ्दा हंगामा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र