अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गरिन्

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, १४ : ३६
अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गरिन्

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गरेकी छन्।एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा मानन्धरलाई पार्टी प्रवेश गराएका हुन्।एमालेले बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर पार्टी प्रवेशको अभियान चलाइरहेको छ।

पार्टी प्रवेश पश्चात बोल्दै मानन्धरले यो पार्टीको जनताले रुचाएको पार्टी रहेको बताएकी छन्।आम जनताले रुचाएको र सबैको भावना समेट्ने पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली जस्ता महान विचार भएका व्यक्तिहरु पार्टीमा रहेकाले आफ्नो रोजाइको पार्टी एमाले बनेको उनले बताएकी छन्। उनले केपी शर्मा ओलीको कार्यशैलीका कारण पनि आफू एमालेमा आकर्षित भएको बताएकी छन्।

 एमालेले महिलाहरुलाई र उनीहरुको हक अधिकारलाई विशेष ध्यान दिएर काम गरिरहेको उनले बताइन्। उनले भनिन्, ‘आमजनतालाई न्याय गर्ने पार्टीको रुपमा एमालेलाई लिन सकिन्छ जस्तो मलाई लाग्छ।‘उनले आफु पार्टीमा प्रवेश गर्नु पदको लागि मात्र होइन नरहेको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस