नाजी ‘हलकस्ट’ मा जाेगिएका युक्रेनीकाे रुसी गाेलाबारीमा मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, १३ : ३७
नाजी ‘हलकस्ट’ मा जाेगिएका युक्रेनीकाे रुसी गाेलाबारीमा मृत्यु

दोस्रो विश्वयुद्धमा नाजी हलकस्टबाट बाँचेका एक युक्रेनी नागरिकको खार्किभमा रुसी सैनिकले चलाएको गोली लागेर मृत्यु भएको छ।९६ वर्षका बोरिस रोमाट्सचेनलाई उनको अपार्टमेन्टमा रुसी सैनिकद्वारा चलाइएको गोली लागेको आफन्तले बताएका छन्।

उनी ‘बुकनबाल्ड एण्ड मिटनबाल्ड डोरा मेमोरियल फाउनडेशन’ सँग आवद्ध थिए। उनको मृत्युको खबर असाध्यै मार्मिक रहेको फाउनडेशनले जनाएको छ।उनको मृत्यु रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाली नागरिकलाई युक्रेनमा ‘नाजी निर्मूल पार्ने’ बताएको तीन सातापछि भएको हाे। पुटिनले युक्रेनका राष्ट्रपति भोलाेडिमिर जेलेन्स्की पनि नाजी परिवारबाट रहेको दाबी थिए । तर युक्रेनका राष्ट्रपति जेलेन्स्की यहुदी हुन्।

बोरिसको जन्म सन् १९२६ को जनावरी २० मा भएको थियो। सन् १९४२ मा सोभियत संघलाई पराजित गरी आएका जर्मनीका नाजी सेनाले उनलाई जबरजस्ती कडा श्रममा  लगाएको थियो। सन् १९४३ मा उनको भाग्ने प्रयास विफल भएपछि जबरजस्ती कन्सन्ट्रेसन क्याम्पमा राखिएको थियो। यो क्याम्पमा सन् १९४५ को युद्ध समाप्ती घोषणा अघि ५६ हजार ५ सय ४५ जनाले ज्यान गुमाएका थिए।सन् १९४१ देखि १९४५ सम्म नाजी शासकले यूरोपमा ६० लाख यहुदीको हत्या गरेका थिए। उनी याे आक्रमणबाट जाेगिए पनि रुसी हमलाबाट भने जाेगिन सकेनन्।

रुसका सैनिकहरुले खार्किभमा निर्दयी तरिकाले निरन्तर गोलाबारी गरिरहेका छन्। यो आक्रमणम ५०० युक्रेनी नागरिकको मृत्यु भईसकेको युक्रेनले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुने मध्येका एक ९ वर्षका बालक रहेका छन्।

प्रतिक्रिया दिनुहोस