गैरआवासीय नेपाली संघमा एकता, महाधिवेशन चैत्र १० र ११ गते

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, १२ : ३३
गैरआवासीय नेपाली संघमा एकता, महाधिवेशन चैत्र १० र ११ गते

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए)मा सहमति भएको छ । अध्यक्षका तीन उम्मेदवारहरुबीच भएको सहमतिपछि एनआरएनएको एकता महाधिवेशन आगामी चैत्र १० र ११ गते काठमाडौंमा हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।अध्यक्ष पदका तीन उम्मेदवारहरु बद्री केसी, रविना थापा र कुल आचार्यबीच सहमति भएपछि एनआरएनए विभाजनबाट पनि रोकिएको छ ।

एनआरएनएका तीन प्रत्यासीको सहमति अनुसार प्रमुख संरक्षक शेष घलेले आयोजना गरेको महाधिवेशन रोक्न वर्तमान अध्यक्ष कुमार पन्तले आग्रह गर्ने तथा उच्च अदालत पाटनमा परराष्ट्र मन्त्रालयविरुद्ध दायर मुद्दा पनि फिर्ता लिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस