नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, १२ : १३
नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या

नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली हानी १६ जना गाउँलेको हत्या गरेका छन्।

जामफारा प्रहरीले गाउँलेमाथि अज्ञात बन्दुकधारीले गोली हानेको जनाएको छ। उनीहरूले उक्त राज्यको गनार कियाना भन्ने गाउँमा पुगेर गाउँलेमाथि गोली चलाएका थिए। ठूलो संख्यामा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरूको हत्या गरेको र अरु कयौँलाई घाइते बनाएका छन्। गत आइतबार राति सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको छ।

तर ती गाउँलेको कसले र किन हत्या गरेको हो भन्ने बारेमा भने प्रहरीले केही पनि बताएको छैन। प्रत्यक्षदर्शीले त्यस गाउँका गाउँलेमाथि ठूलो संख्याका हतियारधारी आएर बन्दुकले हमला गरेको बताएका थिए। उनीहरूले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन्।

ती गाउँमा गएका केही महिनादेखि हिंसाका घटना भइरहेका छन्। तर हत्याको जिम्मेवारी भने कुनै पनि समूहले लिएको छैन। उक्त राज्यका प्रहरी प्रमुखले शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै यहाँको प्रान्तीय सरकारसँग थप सुरक्षाकर्मी माग गरेको जानकारी दिएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस