हुम्ला अस्पतालबाट प्रदान हुने विशेषज्ञ शल्यचिकित्सा सेवाका बिस्तार

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, ११ : ४७
हुम्ला अस्पतालबाट प्रदान हुने विशेषज्ञ शल्यचिकित्सा सेवाका बिस्तार

काठमाडौं । हुम्लाको अस्पतालबाटै विशेषज्ञ शल्यचिकित्सा सेवालाई निरन्तरताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाबिच सम्झौता भएको छ ।जिल्ला अस्पतालबाटै नियमित रुपमा दक्ष जनशक्तिसहितको शल्यचिकित्सा सेवा प्रदान गर्न सम्झौता भएको हो ।

सम्झौतापछि तीनजना विशेषज्ञ चिकित्सकले सेवा प्रदान गर्ने भएका छन् । हालसम्म एकजना मात्रै विशेषज्ञ चिकित्सकले अस्पतालबाट सेवा दिँदै आएको प्रतिष्ठानका रजिस्टार नृपेन्द्र महतले बताए ।प्रतिष्ठानबाट चाँडै तीनजना विशेषज्ञ चिकित्सक खटाएर सेवा प्रदान बिस्तार गरिने उनले जानकारी दिए। यसअघि एक विशेषज्ञ चिकित्सकले सुत्केरी र स्त्रीरोगको उपचार गर्ने गरेकोमा अब भने अन्य सेवाको पनि विशेषज्ञ सेवा प्रदान हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस