काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्व सम्मेलन मूल आयोजक समितिका संयोजक सोनु लामाले विधान र विधि विपरीत कुनै काम हुन नदिने बताए ।
एनआरएनएले कुनै व्यक्तिको हितमा प्रयोग गर्न नदिने उनले बताए । संस्थामा राजनीति घुसाउन खोजिएको भन्दै उनले आपत्ति जनाए । ‘कुल आचार्य कांग्रेसको अनि कुमार पन्त एमालेको भन्छन्, त्यस्तो होइन हाम्रोमा राजनीति पस्नु हुन्न’ उनले भने ।
कुल आचार्यले पनि व्यक्तिगत स्वार्थमा लागेको भन्दै आफूहरू व्यक्तिगत नभइ संस्थागत हित हेर्ने बताए । गत अक्टोबरमै हुनुपर्ने महाधिवेशन समयमा हुन नसक्नुको कारण पनि यस्तै समस्याहरू रहेको उनले बताए । पाँच महिना ढिलो गरेर भए पनि सम्मेलन सुरु भएको भन्दै उनले खुसी व्यक्त गरे ।
गत अक्टोबरमा नै हुनुपर्ने महाधिवेशन ५ महिना ढिलो भई मंगलबारदेखि सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ चैत्र २०७८, ११ : ३८
लेखकबाट थप