हेटौंडा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनमा अन्य दलसंग गठबन्धन गर्नेबारे पार्टीभित्र छलफल गरेर निर्णय हुने बताएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेशको तेस्रो बैठकको हेटौंडामा उद्घाटन गर्दै उनले अहिले पार्टी भित्र अन्य दलसंग गठबन्धन गर्नुपर्ने र गर्न नहुने दुबै पक्षमा धारणा आइरहेकाले यसबारे छलफलबाटै निर्णय गरिने बताए ।
उम्मेदवारको टुंगो लगाउँदा पनि मापदण्डका आधारमा समयमै टुंगो लगाउनुपर्नेमा जोड दिंदै कम्युनिष्टहरू अपरिपक्व भएकाले अहिले जनता कांग्रेसको पक्षमा रहेको बताए ।
करिब दुई तिहाइ मत पाएका कम्युनिष्टहरूले संसद विघटन गरेर अपरिपक्वता प्रर्दशन गरेकाले जनताले उनीहरुलाई मत नदिने उनको दाबी थियो । एमसीसीको विषयमा समेत अन्य दलले आफ्नो लाभको आधारमा धारणा फेरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ चैत्र २०७८, २१ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह