आज विश्व कविता दिवस

सफल खबर संवाददाता

सोमबार, ०७ चैत्र २०७८, ११ : ३२
आज विश्व कविता दिवस

काठमाडौं । आज विश्व कविता दिवस साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ।दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य–काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिए।

सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना  भएको मानिन्छ।

प्रतिक्रिया दिनुहोस