धनगढी । बैतडीको पाटनमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गएराति भएको सो दुर्घटनामा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा सुर्नया गाउँपालिका ३ की २५ वर्षीया दुर्गा चन्दको मृत्यु भएको हो। पाटन नगरपालिका ६ मा गएराति से १ ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी दुर्गाको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका सुर्नया गाउँपालिका ३ की ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट, ३३ वर्षीया कलावती भट्ट, २८ वर्षीया बिमला चन्द र २३ वर्षीया पार्वती विष्टको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि चालक वीरेन्द्र खत्री फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ चैत्र २०७८, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु