काठमाडौं । काँग्रेस नेता प्रकाशमान सिंहले कम्युनिस्टहरुको दोधारे कुराले जनतामा गलत सन्देश गएको जिकिर गरेका छन् । आइतबार नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर १ को ‘घर घर जाऊ काँग्रेस जिताउ अभियान’ अन्तर गत बुद्धधनगरमा आयोजित कार्यक्रममा बोदै नेता सिंहले कम्युनिस्टले फैलाएको भ्रमलाई चिर्न घरघरमा पुगेर नागरिकलाई बुझाउनुपर्ने बताए ।
‘कम्युनिस्ट पार्टीका दोधारे कुराले नागरिकमा गलत सन्देश गएकाले त्यस्ता गलत हल्ला को वियमा नागरिकसामू गएर बुझाउनु पर्ने अवस्था आएको छ’, उनले भने, ‘कम्युनिस्ट नेताहरु जनतासामू एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेका छन् ।’
यो कुरा बुझाउन काँग्रेस लागिपर्नुपर्ने उनको जोड छ । सिंहले जुनसुकै छिमेकी मुलुकले दिने सहयोग देश र जनताको हितमा छ भने स्वीकार गर्न सकिने बताए । अर्को प्रसंगमा उनले चुनाव नजिकिँदै गर्दा टिकटको आशा राख्नु स्वाभाविक भएपनि उमेदवार हुन टिकट पाउन पार्टीको वैधानिक प्रक्रिया सबैले पालना गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ चैत्र २०७८, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि