काठमाडौं । पर्साको ठोरी गाउँपालिका-३ मा आज बिहान टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टेम्पोमा सवार अन्य २ जना घाइते भएका छन् ।
रामनगरबाट बिजयवस्ती तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ह ६२८ नम्बरको टेम्पो आज बिहान साढे ३ बजे दुर्घटना हुँदा पर्साको ठोरी गाउँपालिका-४ का अन्दाजी ३५ वर्षीय बीरबहादुर विश्वकर्माको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ठोरी-३ का खेल बहादुर विश्वकर्मा र विजय सुनार सामान्य घाइते छन् । उनीहरुको स्थानीय मेडिकल उपचार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ चैत्र २०७८, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते