काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको व्यवस्था गरिएको छ । स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गतेका लागि राजपत्रमा प्रकाशित आचारसंहितामा यस्तो व्यवस्था गरिएको हो ।
पदमा बसेर चुनाव लड्दा सरकारी स्रोतको दुरुपयोग गर्न सक्ने भन्दै निर्वाचन आयोगले नयाँ आचारसंहितामा यस्तो प्रावधान राखेको जनाएको छ । निर्वाचन आचारसंहिताको दफा ३६ मा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नु अगावै वहाल रहेको पदबाट राजीनामा दिनुपर्ने कुला उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ चैत्र २०७८, १७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने
स्थानीय तह कर्मचारी सङ्घको अध्यक्षमा शर्मा चयन
स्थानीय तहले आफूखुशी कर मागेको भन्दै इप्पानले गरायो सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण
स्थानीय तहका कर्मचारी अत्यावश्यक बाहेकका काम रोकेर आन्दोलनमा
स्थानीय तहले नमानेपछि आयोगलाई तनाव
स्थानीय तहले कार्यविस्तृतीकरण परिमार्जन सम्बन्धी बनेको सुझाव प्रतिवेदन सरकारलाई बुझायो