काठमाडौ । स्थानीय तहले अब कम्पनी दर्ता गर्न तथा शेयर खरिद गरी कम्पनीको स्वामित्व लिन सक्ने भएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले शुक्रबार सूचना जारी गर्दै यस्तो व्यवस्था गरिएको जनाएको हो ।
सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना तथा शेयर लगानी गर्न विभिन्न स्थानीय तहबाट अनुरोध आएपछि कार्यालयले शुक्रबार निर्णय गर्दै थप व्यवस्था गरेको जनाएको छ ।
कार्यालयका अनुसार स्थानीय तहले प्रचलित कानुनबमोजिम कम्पनी दर्ता गर्न र शेयर खरिद गर्न सक्नेछन् ।
त्यसका लागि सम्बन्धित स्थानीय तहले यस विषयमा आवश्यक कानुन निर्माण गरी निर्णय गर्नुपर्नेछ । साथै कम्पनी ऐन, २०६३ तथा अन्य प्रचलित कानुनअनुसार प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ बैशाख २०८३, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
यी हुन् अझै बजेट ल्याउन नसक्ने १५ स्थानीय तह