विनोद चौधरीको आत्मकथा मंगोलियन भाषामा

सफल खबर संवाददाता

बुधबार, ०२ चैत्र २०७८, १४ : ५७
विनोद चौधरीको आत्मकथा मंगोलियन भाषामा

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ्ग इट बिग’ मंगोलियन भाषामा पनि प्रकाशित भएको छ । यसअघि चौधरीको आत्मकथा नेपाली, अंग्रेजी, हिन्दी, सर्वियन, रसियन भाषामा प्रकाशित भइसकेको छ ।

नेपालमा वेस्ट सेलर रहेको चौधरीको आत्मकथा अंग्रेजी भाषाका पाठकले पनि निकै मन पराएको बताइएको छ । विश्वब्यापी पाठकका लागि अमेजनमा समेत यो पुस्तक उपलब्ध रहेको छ । नेपाली पाठकका लागि देशभरका अधिकांश पुस्तक पसलमा यो पुस्तक उपलब्ध रहेको छ भने किताब यात्रामार्फत अनलाईन अर्डर गर्न सकिने व्यवस्था छ ।

मंगोलियन भाषाको पुस्तक मंगलबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । राजनीतिक र आर्थिक रुपमा पिछडिएको मुलुकका रुपमा चिनिएको नेपालमा जन्मिएर विश्वब्यापी व्यवसाय विस्तार गर्दै फोब्र्ससम्मको यात्रा तय गरेका चौधरीको सफलताको कथालाई उत्सुकताका साथ पढिएको छ । मंगोलियन भाषाका पाठकहरूका लागि आफ्नो आत्मकथा सार्वजनिक गर्न पाएकोमा लेखक चौधरीले खुसी व्यक्त गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस