काठमाडौं । स्थानीयतहको निर्वाचन नजिकिदै गर्दा जुम्लाका राजनीतिक दलहरु गाउँमा प्रवेश गर्न थालेका छन्। अघिल्लो स्थानीयतहको निर्वाचनदेखि गाउँ नगएका दलहरु निर्वाचन नजिकिदै गर्दा गाउँगाउँमा जान थालेका छन्।
जुम्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका अन्य साना दलले पनि गाउँमा गएर मतदाता रिझाउन सुरु गरेका छन्। अहिले हरेक स्थानीयतहमा कार्यकर्ता प्रशिक्षणमा जुटेका दलहरु बिहान बेलुकीको समयमा मतदाताको घरदैलोमा पुगेर प्रचार(प्रसार गर्न थालेका हुन्।
निर्वाचनताका मात्र गाउँजाने दलहरुलाई स्थानीयले आक्रोश पोखीरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष बीरबहादुर कुँवरले निर्वाचनका कार्यक्रम अघि बढिसकेको बताए। उनका अनुसार चैत ५ गतेदेखि औपचारिक निर्वाचन प्रचारप्रसारका काम अघि बढाउन थालिएको छ। उनले भने,‘गाउँमा कार्यकर्ता तथा जन भेटघाटलाई तीव्र पारीएको छ। हरेक मतदाताको दैलोमा पुग्ने पार्टीको रणनीति छ।’
माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक बसालेर एक चरण गाउँसम्म पुगिसकेको जनाएको छ। पहिलो चरणमा आम मतदाताको अवस्था बुझ्ने काम भएको छ। एमसिसीबारे माओवादी केन्द्रको धारणा समेत तल्लो कमिटीसम्म पुर्याउने काम गरिरहेको छ। एमसिसी एमाले कांग्रेसले जस्ताको तस्तै सदनबाट पारीत गराउने चाहेका थिए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०१ चैत्र २०७८, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाटो र पानीको माग पुरा नभएपछि दार्चुलाका दुई स्थलमा भोट हाल्न आएनन् मतदाता
नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम
मतदाता भन्दछन् : जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक
नयाँ पुस्ताका मतदाता भन्दछन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
बैतडीमा एक लाख ५६ हजार मतदाता कायम