यदुनाथ भट्टराईको बहुप्रतिक्षित  उपन्यास ​'योद्धा' लोकार्पण

सफल खबर संवाददाता

सोमबार, ३० फागुन २०७८, ०७ : ५९
यदुनाथ भट्टराईको बहुप्रतिक्षित  उपन्यास ​'योद्धा' लोकार्पण

चितवन । माओवादी जनयुद्धमा केन्द्रित रहेर लेखिएको यदुनाथ भट्टराईको बहुप्रतिक्षित  उपन्यास ​'योद्धा' को लोकार्पण गरिएको छ । उक्त कृति शनिबार भरतपुरस्थित नारायणी नमुना माविको प्रेक्षालय एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । 

विमोचन गरिएको कृतिमा 'लमजुङ र गोरखाको उत्तरी भेगका जनजातिहरू र मूलतः तामाङ जातिमा आएको जनयुद्धको चेतनालाई भावभूमि बनाएर तयार गरिएको '​योद्धा' मा महिलाहरूले पनि समरको नेतृत्व गर्न सक्छन् भन्ने यथार्थता चित्रण गरिएको छ।' समालोचक डी आर पोखरेलले चितवनको सेरोफेरोतिर प्रकाशित करिब चार दर्जन उपन्यासमध्ये जनयुद्ध स्पष्ट प्रतिविम्बित गर्ने यो नै मानक उपन्यास भएकोमा चितवनले गर्व गर्नुपर्ने दाबी गरे । 

उपन्यासका एक पात्र कालुलाई उनकी आमाले टीका लगाई बारुदको पोको प्रसादका रूपमा दिएबाट त्यहाँका महिलाको तत्कालीन अत्याचारविरुद्ध कति तीब्र घृणा र आक्रोश रहेछ भन्ने प्रस्ट हुने बताए। त्यसरी नै अखिल नेपाल लेखक सङ्घका अध्यक्ष तथा प्रगतिवादी आख्यानकार एवम् समालोचक डा.धनप्रसाद सुवेदीले उपन्यासकार भट्टराई समाजको सूक्ष्म अध्ययन तथा अनुसन्धान गरी आख्यानीकरण गर्न सफल भएको जिकिर गर्दै क्रान्तिका अमुक पात्रहरू स्खलित भए पनि क्रान्ति मरेको छैन भन्ने सकारात्मक सन्देश दिन कृति सफल भएको उद्घोष गरे।

एक फरक प्रसङ्गमा उनले हालसम्म लेखिएका यदि तीन हजार उपन्यास भए दुई हजार बिर्सिदिए हुने, बाँकी एक हजारमध्ये पाँच सयलाई कमै महत्व दिए हुने र थप पाँच सय उपन्यास मात्र पठनीय, मननीय र सङ्ग्रहणीय हुने भन्दै यथार्थलाई हेर्ने तरिका सही र द्वन्द्ववादी छ भने स्वाभाविक रूपमा त्यो प्रगतिवाद र कालजयी हुने उनको दाबी थियो । 

कार्यक्रमका प्रमुख अतिथि तथा प्रगतिवादी समालोचक प्रा।डा। रमेश भट्टराईले जुन कृतिले समकालीन यथार्थ र गतिलाई पक्रन्छ त्यो कृति निस्सन्देह कालजयी हुने बताउँदै '​योद्धाु' ले लडाइँका निम्ति, प्रतिरोधका निम्ति, प्रतिबद्धताका निम्ति हामी सदैव तयार छौँ भन्ने सन्देश दिएको प्रस्ट्याए । उपन्यास वर्णनात्मक र  केही विषयवस्तुहरू नदोहोरिएका भए 'योद्धा' उपन्यास थप खँदिलो बन्ने उनको राय थियो। भीएस् नयपालकोु​अ हाउस फर मिस्टर विश्वासुको दृष्टान्त पेस गर्दै उनले उपन्यासलाई यस्तै बनाउन सम्भव हुने बताए। 

उपन्यासकार यदुनाथ भट्टराईले आफ्ना भोगाइ र अवलोकनका परिवेश मनभित्र उम्लिरहेकै बेला त्यसलाई लिपिबद्ध गर्न लामो समय लागेको बताए । कार्यक्रममा अखिल नेपाल लेखक सङ्घका उपाध्यक्ष रामहरि श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए । साहित्य सङ्गम चितवनका उपाध्यक्ष राजेन्द्र घायलले अध्यक्षता गरेको सो कार्यक्रमको सहजीकरण उषा तिवारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस