काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार कारोबार समय सुरु भएको करिब दुई घण्टामा नेप्से ९२ अंकले बढेको छ।
एक बजेर २५ मिनेटसम्म नेप्से बढेर २ हजार ६ सय ५८ विन्दुमा पुगेको छ। नेप्से ३.५९ प्रतिशतले बढेको हो। करिब ६६ लाख ५७ हजार सेयर कित्ता खरिद विक्री हुँदा ३ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ।
ज्योती लाइफ इन्सुरेन्सको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भइरहेको छ। लाइफ इन्सुरेन्सको ६ प्रतिशतले, विकाश बैंक समूहको ५ प्रतिशतले, फाइनान्सको पनि करिब ५ प्रतिशतले, नन लाइफ इन्सुरेन्सको ४ प्रतिशतभन्दा बढीले सूचक बढेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ फागुन २०७८, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार