काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिएको छ । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचतको मिति तोकिएको छ । यसका लागि सुरक्षामा खटिने एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले नेपाल प्रहरीलाई स्वीकृति दिएको हो ।
‘स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ,’ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले न्युज कारखानासँग भने ।
म्यादी प्रहरीबारे सूचना एक साताभित्रमा सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए । ‘यसका लागि आन्तरिक रूपमा तयारी भइरहेको र एक साताभित्रमा सूचना सार्वजनिक गर्छाैं,’ उनले भने ।
नेपाल प्रहरीले भने स्थानीय तह निर्वाचनका लागि एक लाख १८ हजार म्यादी प्रहरीका लागि स्वीकृति मागे पनि एक लाखका लागि मात्र स्वीकृति दिइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ फागुन २०७८, १७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
अर्थ मन्त्रालयमा पुग्यो नेपालमा एमसीसी निरन्तरताको पत्र