काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिएको छ । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचतको मिति तोकिएको छ । यसका लागि सुरक्षामा खटिने एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले नेपाल प्रहरीलाई स्वीकृति दिएको हो ।
‘स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ,’ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले न्युज कारखानासँग भने ।
म्यादी प्रहरीबारे सूचना एक साताभित्रमा सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए । ‘यसका लागि आन्तरिक रूपमा तयारी भइरहेको र एक साताभित्रमा सूचना सार्वजनिक गर्छाैं,’ उनले भने ।
नेपाल प्रहरीले भने स्थानीय तह निर्वाचनका लागि एक लाख १८ हजार म्यादी प्रहरीका लागि स्वीकृति मागे पनि एक लाखका लागि मात्र स्वीकृति दिइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ फागुन २०७८, १७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ मन्त्रालयका ३० उपसचिवको एकैपटक सरुवा र पदस्थापन (सूचीसहित)
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर