काठमाडौं । महोत्तरीको औरही नगरपालिका–४, कठुधारमा टाटासुमो (जीप) को ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका–२ का २२ वर्षीय सञ्जित मण्डल र पछाडि सवार पर्साको साम्सी गाउँपालिका–१ का १२ वर्षीय धीरज मण्डलको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा जलेश्वरस्थित जिल्ला अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
हिजो बेलुका करिब साढे ७ बजे प्रदेश २–०२–००१ च ८४१ नम्बरको टाटासुमोले ‘अनटेस्ट’ लेखिएको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त टाटासुमोसहित चालकलाई इलाका प्रहरी कार्यालय गाौशालाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ फागुन २०७८, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते