काठमाडौं । महोत्तरीको औरही नगरपालिका–४, कठुधारमा टाटासुमो (जीप) को ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका–२ का २२ वर्षीय सञ्जित मण्डल र पछाडि सवार पर्साको साम्सी गाउँपालिका–१ का १२ वर्षीय धीरज मण्डलको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा जलेश्वरस्थित जिल्ला अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
हिजो बेलुका करिब साढे ७ बजे प्रदेश २–०२–००१ च ८४१ नम्बरको टाटासुमोले ‘अनटेस्ट’ लेखिएको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त टाटासुमोसहित चालकलाई इलाका प्रहरी कार्यालय गाौशालाले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ फागुन २०७८, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ जना घाइते
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु