काठमाडौं । बैंकहरुमा तरलता अभाव भईरहेको समाचार केही दिन यता सार्वजनिक भईरहेकै बेला अहिले बैंकहरुमा निक्षेप बढ्न थालेको छ । निक्षेप बढेसंगै बैंकहरुमा तरलता हट्दै लगानी योग्य पुँजी थुप्रिन थालेको छ ।
नेपाल बैंकर्स संघकाअनुसार पछिल्लो हप्ता अर्थात् फागुन १३ गतेदेखि २० गतेसम्म बैंकहरुको निक्षेप ११ अर्बले वृद्धि भएको छ । अघिल्लो हप्ता अर्थात् फागुन ६ गतेदेखि १३ गतेसम्म जम्मा एक अर्बले मात्र निक्षेप वृद्धि गर्दै कुल ४३ खर्ब १३ अर्ब निक्षेप संकलन गरेकामा पछिल्लो हप्ता अर्थात् फागुन १३ गतेदेखि २० गतेसम्म २७ वाणिज्य बैंकहरुले ११ अर्बले निक्षेप वृद्धि गर्दै ४३ खर्ब २४ अर्ब संकलन गर्न सफल भएका हुन् ।
यसले लामो समयदेखि समस्यामा रहेको बजारको तरलता अभावको समस्या हट्ने संकेत गरेको छ । यता कर्जा लगानीतर्फ अघिल्लो हप्ता अर्थात् गत फागुन ६ गतेदेखि १३ गतेसम्म ६ अर्बले वृद्धि गर्दै कुल ४१ खर्ब ६५ अर्ब लगानी गरेकामा पछिल्लो हप्ता बैंकहरुले ५ अर्बले मात्र वृद्धि गर्दै ४१ खर्ब ७० अर्ब लगानी गरेको बैंकर्स संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ फागुन २०७८, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?
तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
सिन्धुलीमा कर्मचारीलाई बाँधेर बैंक लुटपाट, स्थानीयले भेटे बोरामा पैसा
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
आन्दोलनबाट बैंकका ६८ कार्यालयमा क्षति, बैंकिङ सिस्टममा समस्या नरहेको गभर्नरद्वारा जानकारी
एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?