नेपालगन्ज । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका स्थित राँझा चोकमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । चेकिङ ड्युटीमा खटिएका प्रहरी हवल्दार भुपेन्द्र बहादुर शाहीको मृत्यु भएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।
तिब्र गतिमा नेपालगञ्जबाट कोहलपुर तर्फ जाँदै गरेको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले प्रहरी हवल्दारलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका जवान नरेश चौधरी घाइते भएका छन् उनको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ । उनिहरु ईलाका प्रहरी कार्यालय मातहतको राँझा बिटमा कार्यरत थिए ।
ठक्कर दिने मोटरसाइकलका चालक बर्दियाको राजापुर घर भएका २० वर्षीय सन्तोष बम सिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ फागुन २०७८, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते