नेपालगन्ज । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका स्थित राँझा चोकमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । चेकिङ ड्युटीमा खटिएका प्रहरी हवल्दार भुपेन्द्र बहादुर शाहीको मृत्यु भएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।
तिब्र गतिमा नेपालगञ्जबाट कोहलपुर तर्फ जाँदै गरेको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले प्रहरी हवल्दारलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका जवान नरेश चौधरी घाइते भएका छन् उनको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ । उनिहरु ईलाका प्रहरी कार्यालय मातहतको राँझा बिटमा कार्यरत थिए ।
ठक्कर दिने मोटरसाइकलका चालक बर्दियाको राजापुर घर भएका २० वर्षीय सन्तोष बम सिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ फागुन २०७८, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ जना घाइते
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते