काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरेको ‘थ्री आर’ अर्थात्, ‘सहायता, स्वदेश फिर्ता र पुनःस्थापना’ प्रोजेक्टमार्फत झण्डै २८ हजार श्रमिकले प्रत्यक्ष लाभ लिएका छन् ।
संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले अन्तर्राष्ट्रिय दातृ निकायसँगको सहकार्यमा विदेशमा अलपत्र नेपालीका लागि चलाएको यो कार्यक्रमार्फत २७ हजार ९५६ जना श्रमिक लाभान्वित भएका हुन् ।
संघले अन्तर्राष्ट्रिय श्रम संगठन आइएलोको १० करोड आर्थिक सहयोगमा यो परियोजना सञ्चालन गरेको थियो । सन् २०२० को अगष्टदेखि सुरु भएको परियोजना २०२२ को फेब्रुअरीसम्म चलेको संघले जनाएको छ ।
कार्यक्रमका संयोजकसमेत रहेका संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार यस परियोजना अवधिभर २८ हजार ५५७ नेपाली सूचीकृत भएका थिए । तीमध्ये २७ हजार ९५६ जनालाई सहयोग उपलब्ध गराइएको हो ।
यो कार्यक्रममार्फत खाना तथा बासको व्यवस्था, घर फिर्तीका लागि आंशिक हवाई टिकट, कानूनी साहयता, पीसीआर परीक्षण, मानसिक स्वास्थ्य परामर्शमा सहयोग पु¥याइएको डा. केसीले जानकारी दिए ।
कार्यक्रममार्फत १२ हजार ५१७ जनालाई मानसिक परामर्श सेवा उपलब्ध गराइएको थियो । यस्तै विभिन्न कारणले कागजातविहीन भएका ५ हजार २५० श्रमिकलाई डकुमेन्टेसनमा सहयोग पु-याइएको थियो । यसैगरी ३ हजार ६९४ जनालाई खाना र बस्नको व्यवस्था गरिएको थियो ।
कार्यक्रमले ५३१ जनालाई कानूनी सायता उपलब्ध गरिएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । समस्यामा परेका नेपाली श्रमिकमध्ये घर फिर्तीका लागि ७४९ जनालाई पीसीआर तथा ९८७ जनालाई आंशिक हवाइ टिकटको व्यवस्था गरिएको संघले जनाएको छ ।
यो अवधिमा विभिन्न देशमा कैदी जीवन बिताइरहेका २३४ जना नेपालीलाई जेलमुक्त गराएर स्वदेश फिर्ता ल्याउन सफल भएको दाबी संघको छ । दूतावासको समन्वयमा जरिवाना वापतको रकम तिरेर उनीहरुलाई जेलमुक्त गरिएको संघले जनाएको छ ।
त्यसैगरी कोभिड कारण रोजगारी गुमाएका २५५ नेपालीलाई पुनः काम दिलाइएको छ । अलपत्र परेका १ हजार ४३५ जनालाई सम्बन्धित देशको सुरक्षित सेल्टरसम्म पुर्याउन यातयात खर्च उपलब्ध गराइएको संघले जनाएको छ ।
विदेशीबाट काठमाडौंसम्म उद्धार गरी ल्याइएका १ हजार २७७ नेपालीलाई आ–आफ्नो घरसम्म जानका लागि यातायात खर्च उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ। । यस्तै १ सय ७४ जना श्रमिकलाई काठमाडौमा होटल क्वारेटिनको ब्यवस्था गरिएको थियो ।
देश अनुसार यो कार्यक्रममार्फत साउदी अरेवियामा ७ हजार ६५६, कतारमा ६ हजार ९८५, मलेसियामा ४ हजार १७०, यूएईमा ३ हजार ४६५, कुवेतमा ९०, ओमनमा ३४, बहराइनमा ३३, कम्बोडियामा २२, र रसियामा २ जनाले सहयोग पाएको परियोजना प्रमुख सुजता शर्माले जानकारी दिइन् ।
यो कार्यक्रम अन्तर्गत नै रसियाबाट नेपाली श्रमिक महिला र उनको बालिका तथा यूएईबाट जुम्ल्याहा बालिका र उनकी आमालाई उद्धार गरिएको थियो । खाडी र मलेसियामा मात्र होइन अवैध रुपमा कामको सिलसिलामा कम्बोडियामा पुगेर समस्यामा परेका २२ जना नेपाली युवालाई समेत यही कार्यक्रममार्फत तत्काल राहत प्रदान तथा उद्दार गरी नेपाल फर्काइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ फागुन २०७८, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की