सलमान खानको ‘टाइगर ३’ फिल्म ईदमा प्रर्दशन हुने

एजेन्सी

आइतबार, २२ फागुन २०७८, १२ : ३७
सलमान खानको ‘टाइगर ३’ फिल्म ईदमा प्रर्दशन हुने

काठमाडौं । भारतीय अभिनेता सलमान खानको नयाँ फिल्म ‘टाइगर ३’ आगामी वर्ष सन् २०२३ मा ईदको अवसरको मौका पारी प्रदर्शन हुने भएको छ ।

सलमान खान र कट्रिना कैफ अभिनित यो फिल्मले आगामी वर्ष धुम मच्चाउने अनुमान गरिएको छ । सलमान खान र कट्रिना कैफले आफ्नो नयाँ फिल्म ‘टाइगर ३’ ईदको मौका पारेर प्रर्दशन गर्ने भएका छन् । सो फिल्मको र्फस्ट लुक्सको टीजर भने सार्वजनिक भइसकेको छ ।

यस टिजरमा सलमान खान पुरै स्वैग लुक्समा देखिएका छन्, भने कट्रिना एक्शन अवतारमा देखिएकी छिन् । आफ्नो लुक्सको साथै सलमानले फिल्म प्रर्दशन हुने दिन पनि घोषण गरेका हुन ।

आगामी वर्ष सन् २०२३ ईदको दिन सो फिल्म प्रदर्शनमा हुने बताउदै फिल्मको टिजर सर्वजनिक गर्दै क्याप्सनमा सलमानले यस्तो लेखेका छन् स् ‘हामी सबै आफ्नो ख्याल राख्खौ ‘टाइगर ३’ २०२३ मा आउँदै छ’ । सो फिल्म हिन्दी, तमिल र तेलगु भाषामा प्रर्दशन हुनेभएको छ ।

सलमानको यो फिल्मलाई उनका फ्यानहरुले लामो समयदेखि पर्खिरहेका थिए। सलमानले फ्यानलाई ईदको मौका परेर उपहार स्वरुप यो फिल्म दिने भएका छन् ।भारतीय अभिनेता सलमान खानको अर्को फिल्म ‘कभी ईद कभी दिवाली’ ३० डिसेम्बर २०२२ मा प्रर्दशन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस