काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा काँग्रेसले जित निकाल्ने र सानदार ढंगले ५ वर्ष सरकार चलाउने दावी गरेका छन् । पार्टी निकट संस्था नेपाल निजामती कर्मचारी युनियनको ८औं महाधिवेशनलाई उद्घाटन गर्दै महामन्त्री थापाले अबको ५ वर्ष काँग्रेसले आनन्दले सरकार संचालन गर्ने बताए ।
‘यस पटक सानदार ढंगले चुनाव जितेर ५ वर्ष कांग्रेसले सरकार चलाउँछ । आफ्नै घरमा आगो लगाएकाले कांग्रेसको काँधमा सरकार चलाउने र चुनाव गराउने जिम्मेवारी आएको हो,’ उनले भने, ‘नेकपाले म्यान्डेटअनुसार ५ वर्षसम्म सरकार चलाउन सकेन त्यसपछि हामीले सरकारको जिम्मा लिएको हौँ।
नेपाली काँग्रेसले तत्कालीन नेकपाको सरकार नढलोस भन्ने चाहँदा चाहँदै पनि उनीहरुले सरकार चलाउन नसकेको जिकिर गरे ।उनले भने, ‘प्रदेश र संघमा नेकपाकै सरकार थियो । ५ वर्ष सरकार चलाउने जिम्मा लिएको थियो । तर नेकपाले चलाउन सकेन । नेपाल कम्युनिस्ट पार्टीले आफ्नै घरमा आगो लगायो।’
महामन्त्री थापाले ती आगो लगाउनेहरूमध्ये एकथरीले खरानी धसेर देखाइदिने हो भन्दै बाहिर आएको र अर्का थरी खरानीको थुप्रोमा बसेर अट्टहास गर्दै हामीले जित्यौँ भनिरहेको टिप्पणी गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ५० वर्ष काँग्रेस सरकारमा नआउने र काँग्रेसकै अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा भन्दै गरेको टिप्पणी स्मरण गर्दै आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ फागुन २०७८, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी