काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा काँग्रेसले जित निकाल्ने र सानदार ढंगले ५ वर्ष सरकार चलाउने दावी गरेका छन् । पार्टी निकट संस्था नेपाल निजामती कर्मचारी युनियनको ८औं महाधिवेशनलाई उद्घाटन गर्दै महामन्त्री थापाले अबको ५ वर्ष काँग्रेसले आनन्दले सरकार संचालन गर्ने बताए ।
‘यस पटक सानदार ढंगले चुनाव जितेर ५ वर्ष कांग्रेसले सरकार चलाउँछ । आफ्नै घरमा आगो लगाएकाले कांग्रेसको काँधमा सरकार चलाउने र चुनाव गराउने जिम्मेवारी आएको हो,’ उनले भने, ‘नेकपाले म्यान्डेटअनुसार ५ वर्षसम्म सरकार चलाउन सकेन त्यसपछि हामीले सरकारको जिम्मा लिएको हौँ।
नेपाली काँग्रेसले तत्कालीन नेकपाको सरकार नढलोस भन्ने चाहँदा चाहँदै पनि उनीहरुले सरकार चलाउन नसकेको जिकिर गरे ।उनले भने, ‘प्रदेश र संघमा नेकपाकै सरकार थियो । ५ वर्ष सरकार चलाउने जिम्मा लिएको थियो । तर नेकपाले चलाउन सकेन । नेपाल कम्युनिस्ट पार्टीले आफ्नै घरमा आगो लगायो।’
महामन्त्री थापाले ती आगो लगाउनेहरूमध्ये एकथरीले खरानी धसेर देखाइदिने हो भन्दै बाहिर आएको र अर्का थरी खरानीको थुप्रोमा बसेर अट्टहास गर्दै हामीले जित्यौँ भनिरहेको टिप्पणी गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ५० वर्ष काँग्रेस सरकारमा नआउने र काँग्रेसकै अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा भन्दै गरेको टिप्पणी स्मरण गर्दै आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ फागुन २०७८, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश काँग्रेसको जन्मभूमि हो: गगन थापा
म भाग्ने मान्छे होइन, फेरि सभापति बन्नुछ: गगन थापा
उम्मेदवार चयनमा कमजोरी भएको गगनको स्वीकारोक्ति
सानेपा पुग्दै सभापति गगनसहितका पदाधिकारी
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिने
परिस्कृत काँग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको गगन थापाको दाबी