राप्रपा नेपालले तोक्यो दुई प्रदेश प्रमुख

मधेशमा रामनरेश यादव र गण्डकीमा राजेन्द्र अधिकारी

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, १६ : १७
राप्रपा नेपालले तोक्यो दुई प्रदेश प्रमुख

काठमाडौं । राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ ।

पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम मधेस प्रदेशको अध्यक्षमा रामनरेश यादव (धनुषा) र गण्डकी प्रदेशको अध्यक्षमा राजेन्द्र बहादुर अधिकारी (तनहुँ) लाई जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।

संगठन विस्तारलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको राप्रपा नेपालले बाँकी प्रदेश र जिल्लाहरुमा चाँडै कार्यसमिति चयन गर्ने बताइएको छ । 

सो पार्टीले भातृ संगठनहरुमा विद्यार्थी संगठन, पूर्व प्रहरी परिषद गठन गरिसकेको छ भने युवक संगठनको २१ फागुन, महिला संगठनको २४ फागुन र युवा मोर्चाको २८ फागुन घोषणासभामार्फत केन्द्रीय कार्यसमिति सार्वजनिक गर्ने राप्रपाले जनाएको छ ।