साताको नेप्से : उच्च अंकको गिरावट, कारोबार रकम ३६ खर्ब ७ अर्ब ६० करोड

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, १४ : ३५
साताको नेप्से : उच्च अंकको गिरावट, कारोबार रकम ३६ खर्ब ७ अर्ब ६० करोड

काठमाडौं । पछिल्लो एक सातामा नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ ।नेप्से यो सातामा तीन दिन मात्रै कारोबार भएको छ । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४ दशमलव ०४ अंकले गिरावट आएको छ । गत हप्ताको बुधबारदेखि नेप्सेमा निरन्तर रूपमा गिरावट आएको छ ।

नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको दिन बिहीबार २ हजार ६६१ दशमलव ४४ विन्दुमा रोकिएको थियो । यो साताको बुधबार कारोबारसम्मको कारोबारमा ६३ अंक भन्दा बढीले गिरावट आएर २ हजार ५४७ दशमलव ०४ विन्दुमा खुम्चिएको छ ।

प्रतिशतका हिसाबले हेर्दा पछिल्लो तीन दिनको कारोबारमा नेप्से परिसूचक ४ दशमलव ३ प्रतिशत गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ७ दशमलव ७३ अंक घटेको थियो ।

आइतबार सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ७३ अंक, फ्लोट इण्डेक्स शून्य दशमलव ६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ४६ अंक घटेको थियो । उक्त दिन कारोबारमा आएका २२४ कम्पनीको ७० लाख ४० हजार कित्ता शेयर ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै सोमबार पनि नेप्से परिसूचक १ दशमलव ६२ प्रतिशतले घटेर २ हजार ६१० दशमलव ६० विन्दुमा झरेको थियो । यस दिन कारोबारमा आएका २२७ कम्पनीको ७८ लाख ३४ हजार कित्ता शेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

मंगलबार महाशिवरात्री भएकाले बन्द भएको नेप्से बुधबार ६३ भन्दा बढी अंकले घटेर २ हजार ५४६ दशमलव ६० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११ दशमलव ५२ अंक, फ्लोट इण्डेक्स ४ दशमलव ३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलव ६१ अंकले गिरावट आएको छ ।

बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बिहीबार शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारमा सरकारले सार्वजनिक विदा दिएकाले नेप्से कोरोबार पनि बन्द रहेको छ ।

बुधबारसम्म तेब्बर अंकले गिरावट आएको शेयर बजारमा लगानीकर्ताले १ खर्ब ६२ अर्ब २ करोड अधिक पुँजी गुमाएका छन् । गत साताको अन्तिम कारोबारसम्म ३७ खर्ब ६९ अर्ब ६३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बुधबारको कारोबारपछि ३६ खर्ब ७ अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ ।

प्रतिक्रिया दिनुहोस