चितवन, नवलपुरका पानी उद्योगीले ३५ लाखमा निर्माण गरे  पानी प्रयोगशाला

शुद्धताको शत प्रतिशत ग्याारेन्टी सहितको पानी बजारमा पठाउँदै

प्रकाश सिग्देल

सोमबार, १६ फागुन २०७८, ११ : ३४
चितवन, नवलपुरका पानी उद्योगीले ३५ लाखमा निर्माण गरे  पानी प्रयोगशाला

चितवन । चितवन नवलपुरका पानी उद्योगले संयुक्त रुपमा नारायणगढमा पानी परिक्षण गर्ने आधुनिक ल्याव निर्माण गरेका छन् । उनिहरुले पानीको गुणस्तर कायम गरि पुर्ण रुपमा स्वाथ्यकर पानी उपभोक्ताको पहुचमा पुर्याउन अत्याधुनिक माईक्रो वायोलोजि ल्याव खडा गरेका हुन् ।  माईक्रो वायोलाजिस्ट राखेर प्रयोगशाला संचालन भएको छ ।  चितवन र नवलपुरका २६ वटा पानी उद्योगीले ३५ लाख लागतमा सि एन वाटर टेस्टिगं एण्ड एनालाईसेस ल्यावको नाममा पानी प्रयोगशाला संचालन गरेका हुन् ।  

चितवन र नवलपुरमा २६ वटा पानी उद्योग रहेका छन् त्यो मध्य २३ ले बोतल र जार दुबै उत्पादन गर्ने गरेका छन् भने ३ वटाले जारमात्रै उत्पादन गर्ने गरेका छन् ।प्रयोगशालामा हप्ताको १ दिन उद्योगले अनिवार्य पानी परिक्षणका लागी ल्याउनुपर्ने बाध्यकारी व्यवस्था गरिएको सुमन मिनरल वाटर उद्योगका संचालक सोम प्रसाद काप्रीले बताए । उनको उद्योगले आक्वा,पियुष, रुचाङ्गं एण्भेन्चर, लगाएतका धेरै ब्राण्डका पानी बजारमा पठाउँने गरेको छ ।  उद्योगीले ल्याव संचालनको लागि मासिक १० हजार रुपैया संकलन समेत गर्ने गरेको उनले जानकारी दिए ।   

आफुुहरुले यस अघि काठमाडौंको C-mat water testing and analysis lab र नेपाल खानेपानी संस्थानको क्षेत्रीय पानी प्रयोगशालामा पानी परिक्षणका लागि पठाउने गरेको र त्यो झण्झट भएपछि सबै मिलेर चितवनमा प्रयोगशाला राखेको उनको भनाई छ ।

चितवन र नवलपुरमा अहिले दैनिक १८ सय जार र  ४ हजार काटुन पानी प्रतिदिन बिक्री हुने गरेको काप्रीले बताए । गर्मीमा केही बढ्ने गरेपनि  उत्पादनका आधारमा बजारमा माग धेरै कम रहेको उनले बताए ।  

ल्यावका अध्यक्ष केशव घिमिरेले उपभोक्ता लाई क्वालिटिको पानी खुवाउने उदेश्यका साथ ल्याव स्थापना गरिएको बताए । हरेक हप्ता पानी परिक्षण हुने र  परिक्षणका क्रममा समस्या देखिए तुरुन्तै उत्पादित पानीको बिक्री रोकेर समस्या समाधान गर्न उद्योगमा प्राविधिक पठाउने र पुन पानी परिक्षण गरेर समस्या नभएपछी मात्रै बजारमा पठाउने उनले जानकारी दिए ।

अहिले आफुहरुले पुर्ण रुपमा शुद्ध पानी ग्यारेन्टी सहीत बजारमा पठाउन सकेको घिमिरेले बताए ।दुध र पोल्ट्रि उद्योगी तथा अन्य उद्योगीका लागि पनि यो प्रयोगशाला प्रभाबकारी हुने भएकाले त्यसका लागि पनि त्यस्ता उद्योगीहरुले चाहेमा आफुहरु समन्वय गर्न तयार रहेको उनी बताउँछन् ।

प्रयोगशालाका माईक्रो वायोलोजिस्ट सन्दिप सापकोटाले नेपाल सरकार खाध्य प्रविधी तथा गुण नियन्त्रण विभागको ल्यावको मापदण्डलाई आधार मानेर पानीको परिक्षण गर्ने गरेको बताए । सरकारले पानीको निर्देशिका जारी गरी अनिवार्य ल्याव राख्नु पर्ने प्राबधान बनाएको छ ।  चितवन र नवलपरका व्यवसायी मिलेर चितवनमा  निर्माण गरेको ल्याव निकै स्तरीय भएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारीले बताए ।  यो ल्याव बनेपछि चितवन र नवलपुरका २६ उद्योगमा उत्पादीत पानीको शुद्धतामा शंका गर्ने अवस्था नभएको उनी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस