बनेपामा शंकास्पद वस्तु फेला, राजमार्ग अवरुद्ध

सफल खबर संवाददाता

सोमबार, १६ फागुन २०७८, १० : ४४
बनेपामा शंकास्पद वस्तु फेला, राजमार्ग अवरुद्ध

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा सोमबार शंकास्पद वस्तु फेलापरेको छ । उक्त वस्तुका कारण अहिले अरनिको राजमार्ग अवरुद्ध छ ।

अरनिको राजमार्गअन्तर्गत बनेपा, पुलबजारमा शंकास्पद वस्तु फेलापरेको हो । भक्तपुरबाट साँगा हुँदै बनेपातर्फ जाने–आउने सवारीसाधनलाई ड्राइभर्सन गरेर सञ्चालन गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सवारीसाधन भक्तपुरबाट नालाको बाटो हुँदै बनेपातर्फ जान–आउन सक्नेछन् । काठमाडौं उपत्यकाको सवारी आवागमन भने सामान्य छ । बिहानको समयमा सडकमा सवारीसाधनको संख्या कम रहेका कारण सवारी आवागमन सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस