रौतहटमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

सफल खबर संवाददाता

सोमबार, १८ फागुन २०८२, ११ : ४९
रौतहटमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

काठमाडोँ । रौतहटको राजपुर नगरपालिका–५ मा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । उक्त शंकास्पद बस्तु माटोको डल्ला भएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

रौतहटको राजपुर नगरपालिका–५ को मुख्य सडकमा बम जस्तो शंकास्पद वस्तु फेला परेको थियो । आज बिहानै स्थानीयले सडकमा कालो ड्रमले छोपेर ‘बम’ लेखिएको वस्तु देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए । त्यस लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस