चितवन । संरक्षित क्षेत्रभित्र वन्यजन्तुको सङ्ख्या बढाएरमात्र हुँदैन । सङ्ख्या बढेसँगै वासस्थान सुधार, विस्तार र आहार प्रजातिको व्यवस्थापन नहुने हो भने वन्यजन्तु कि बस्तीतिर सर्छन् कि आहार राम्रो भएको अन्य वन–जङ्गलतिर जाने गर्छन् । पछिल्ला वर्षमा चितवन र आसपासका क्षेत्रमा यस्तै घटना देखिएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जबाट घडियाल गोही र गैँडा बाढीले बगाएर भारत पुगेका घटना यसअघि सार्वजनिक भएका छन् । पछिल्लो समय नेपालका बाघ पनि भारततिरै बसाइँ सर्न थालेको विज्ञहरूको भनाइ छ । सीमित वासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमाक्षेत्रमा रहेको वाल्मीकि बाघ संरक्षण केन्द्र पुगेको विज्ञहरूले औँल्याएका छन् ।
प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने अन्य तथ्यले पनि बाघ बिस्तारै भारतीय भूमिमा पुगेको देखिने बताउछन् । पछिल्लो पटक सन् २०१८ मा गरिएको बाघ गणनामा देशैभर बाघको सङ्ख्या बढ्दा चितवन निकुञ्जमा भने घटेको थियो । यसको प्रमुख कारण नै यहाँका बाघ बसाइँ सरेर अन्यत्रै गइरहेका छन् भन्ने बुझ्न गाह्रो पर्दैन,” उनले भने।
सन् २०१८ मा बाघको गणना हुँदा चितवन निकुञ्जमा ९३ वटा बाघ रेकर्ड गरिएका थिए । त्यसअघि सन् २०१३ मा १२० र सन् २००९ को गणनामा ९१ वटा बाघ चितवनमा रहेको तथ्याङ्क छ । उता, सन् २००८ सम्म एउटामात्रै बाघ भएको वाल्मीकिमा भने बाघको सङ्ख्या बढेर २०१८ को गणनामा ३० भन्दा माथि पुगेको पाइन्छ ।
प्रमुख डा. लामिछानेका अनुसार वाल्मीकिमा सन् २०१३ को गणनामा १६ वटा भेटिएका थिए । “सन् २०१३ को बाघ गणनामा चारवटा बाघ चितवन निकुञ्ज र वाल्मीकि दुवैतर्फ क्यामरा ट्र्यापिङमा परेको देखियो । यसले पनि चितवनका बाघ वाल्मीकि सर्दै छन् भन्ने देखाउँछ,” डा. लामिछानेले भने । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १५ फागुन २०७८, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
आज विश्व बाघ दिवस, सबैभन्दा बढी बाघ भारतमा
बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा
बाख्रा चराउन गएका गोठालाको बाघको आक्रमणबाट मृत्यु
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा बाघ
नेपालमा बाघको संख्या बढ्दै जाँदा बासस्थानको समस्या