काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार जनकपुर गएका छन् । शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री अर्याल मधेश प्रदेशको जनकपुर पुगेका हुन् ।
जनकपुरमा गृहमन्त्री अर्यालले भोलि मंगलबार जिल्ला सुरक्षा समन्वय समितिको बैठकमा सुरक्षा प्रमुखहरूसँग छलफल गर्ने कार्यक्रम छ । मन्त्री अर्यालसँगै गृहसचिव रामेश्वर दंगाल पनि भ्रमण दलमा छन् ।
मन्त्री अर्यालले भोलि मंगलबार नै धनुषा जिल्लाभरीका सरकारी कार्यालय प्रमुखहरूसँग पनि छलफल गर्ने कार्यसूची रहेको गृह मन्त्रालयले स्रोत जानकारी दियो । छलफल जिल्ला प्रशासन कार्यालय धनुषामा हुनेछ ।
यस्तै भ्रमणमा दलमा मन्त्री अर्यालसँगै उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि जनकपुर गएका छन् ।
भ्रमणका क्रममा मन्त्री अर्यालसहितको टोलीले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया गर्नेछन् । सोमबार र मंगलबार मधेशमा छठ पर्व समेत परेका उनीहरू छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।
मन्त्री अर्यालसहितको टोली भोलि मंगलबार बेलुका काठमाडौँ फर्किने तालिका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रिय सभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस
‘निर्वाचन सुशासन कायम गराउन सफल भयो’ : गृहमन्त्री अर्याल
‘मतपेटिका ल्याउँदा सेनाको गाडीले पनि स्कर्टिङ गर्न सक्छ’ : गृहमन्त्री अर्याल
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्ने गृहमन्त्री अर्यालको प्रतिबद्धता
‘फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो’ : गृहमन्त्री अर्याल