काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार जनकपुर गएका छन् । शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री अर्याल मधेश प्रदेशको जनकपुर पुगेका हुन् ।
जनकपुरमा गृहमन्त्री अर्यालले भोलि मंगलबार जिल्ला सुरक्षा समन्वय समितिको बैठकमा सुरक्षा प्रमुखहरूसँग छलफल गर्ने कार्यक्रम छ । मन्त्री अर्यालसँगै गृहसचिव रामेश्वर दंगाल पनि भ्रमण दलमा छन् ।
मन्त्री अर्यालले भोलि मंगलबार नै धनुषा जिल्लाभरीका सरकारी कार्यालय प्रमुखहरूसँग पनि छलफल गर्ने कार्यसूची रहेको गृह मन्त्रालयले स्रोत जानकारी दियो । छलफल जिल्ला प्रशासन कार्यालय धनुषामा हुनेछ ।
यस्तै भ्रमणमा दलमा मन्त्री अर्यालसँगै उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि जनकपुर गएका छन् ।
भ्रमणका क्रममा मन्त्री अर्यालसहितको टोलीले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया गर्नेछन् । सोमबार र मंगलबार मधेशमा छठ पर्व समेत परेका उनीहरू छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।
मन्त्री अर्यालसहितको टोली भोलि मंगलबार बेलुका काठमाडौँ फर्किने तालिका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैलाउनु न्यायोचित हुँदैन: गृहमन्त्री अर्याल
गृहमन्त्री अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले गरे भेट
संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकता: गृहमन्त्री अर्याल
गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
गृहमन्त्रीको निर्देशन : ‘शीतलहर र हिमपात पूर्वतयारी योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नु’
गृहमन्त्री अर्याल र नेपालका लागि बेलायती राजदूतबीच शिष्टाचार भेट