काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र फरक मत आउनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्। पार्टीभित्र छलफलका क्रममा फरक मत आउनुलाई अनावश्यक प्रचारको विषय बनाउन नहुने उनले बताए।
आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘फरक मत आएपछि काँग्रेसले सहज छलफल गरेर निष्कर्षमा पुग्छ। नेपाली काँग्रेस पार्टी कसैले विग्रह होला भनेर कसैले सोचेको छ कसैले धूप बालेको छ भने विल्कुलै नसोचे हुन्छ। मैले व्यक्तिगत विश्वप्रकाशले बोलेको होइन। नेपाली काँग्रेसको महामन्त्रीको हैसियतले सबै शुभचिन्तकलाई भन्छु काँग्रेस एक ढिक्का रहन्छ।’
उनले बद्लिएको परिस्थितिबमोजिम काँग्रेस बदलिएर समाजलाई पनि बदल्ने बताए। केन्द्रीय समिति बैठकमा छलफल हुँदै गर्दा विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर बुझाएको विषयलाई नजरअन्दाज गर्न नमिल्ने बताए।
उनले थपे, ‘केन्द्रीय समितिले हस्ताक्षर र आम निर्वाचनलाई पनि ख्याल गर्नुपर्छ। र राष्ट्रिय आवश्यकतालाई बुझेर काँग्रेस एक भएर जानुपर्ने कुरालाई पनि उत्तिकै ध्यान दिएर निर्णय गर्नुपर्छ। त्यसैले चालु बैठकलाई समय लगाएर छलफल गरेका हौँ। झट्ट निर्णय गर्ने परिस्थिति छैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, १८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा
फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशनको माग बेवास्ता गरिए राजीनामा दिन्छु : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
संस्थापन पक्षलाई विश्वप्रकाशको प्रश्न- विधानअनुसार हस्ताक्षर संकलन गर्दा पार्टी कसरी कमजोर हुन्छ ?