काठमाडौँ। जेनजी आन्दोलनको भोलीपल्ट भएको आगजनी र तोडफोडले क्षतविक्षत भएको सर्वोच्च अदालतले आफ्नो वेबसाइट पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ ।
सर्वोच्च अदालतको सूचना–प्रविधि महाशाखाले सोमबारलाई वेबसाइटलाई पूर्ववत् रूपमा सञ्चालन गरेको हो ।
सर्वोच्च अदालतले आफ्नो र मातहतका अदालतको न्यायिक कामकारवाहीका लागि मुद्दा व्यवस्थापन प्रणाली (केस म्यानेजमेन्ट सिस्टम–सीएमएस) सञ्चालन गर्छ । भदौ २४ को आगजनीपछि सर्वोच्च अदालतकै भवनको माथिल्लो तलामा रहेको सूचना–प्रविधि कक्षमा क्षति पुगेपछि सीएमएस अवरुद्ध भएको थियो भने सर्वोच्च अदालतको वेबसाइट नै बन्द भएको थियो।
अदालत खुलेको केही सातापछि वेबसाइट सञ्चालन भए पनि त्यसमा सबै डाटाहरू हटेका थिए । यो एक महिनाको अवधिमा हेटौडामा रहेको ‘ब्याकअप सेन्टर’बाट डाटा रिकभर गरेर वेबसाइट सञ्चालनमा ल्याइएको अदालतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
दुर्गा प्रसाईँलाई कारबाही गर्ने आयोगको फाइल मगाउन सर्वोच्चको आदेश
जापान लक्षित भाषा परीक्षणसम्बन्धी रिट निवेदन सर्वोच्चबाट अस्वीकृत
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित