काठमाडौँ। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ ।
छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिन्छ ।
ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।
राजधानीका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ ।
विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले तराई केन्द्रित छठ पछिल्लो समय राजधानीसँगै अन्य क्षेत्र समुदायले मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको बताए ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १० कार्तिक २०८२, १८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छठ पर्वले बजारमा केराको माग बढ्यो
सामाजिक सद्भाव कायम गर्न छठ महत्त्वपूर्ण : माधव नेपाल
छठ पर्व : रौतहटमा सुरक्षार्थ ९ सय प्रहरी परिचालन
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदै
तराई/मधेसमा छठ पर्वको रौनक सुरु