चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट मानवबस्ती पसेको बाघलाई नियन्त्रणमा लिइएको छ। आइतबार साँझ ७ बजे बस्तीमा पसेको बाघलाई सोमबार दिउँसो ४ः३० बजेतिर नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–२७ बुद्धनगर झाडीमा देखिएको बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको छ।
निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा बाघलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको जिम्मा लगाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ साउन २०८२, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाघको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
आज विश्व बाघ दिवस, सबैभन्दा बढी बाघ भारतमा
बाख्रा चराउन गएका गोठालाको बाघको आक्रमणबाट मृत्यु
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा बाघ
नेपालमा बाघको संख्या बढ्दै जाँदा बासस्थानको समस्या