१३ पालिकाले बजेट ल्याउन सकेनन्

सफल खबर संवाददाता

शुक्रबार, १३ फागुन २०७८, १२ : ३९
१३ पालिकाले बजेट ल्याउन सकेनन्

काठमाडौं । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ।विभिन्न राजनीतिक दल सहित जनप्रतिनिधीहरू निर्वाचनको तयारीमा जुटिरहेका छन्। तर,यता स्थानीय तहको पहिलो कार्यकाल सकिनै लाग्दा समेत कतियप स्थानीय सरकारले हालसम्म चालु आर्थिक वर्षको बजेट पेस गर्न सकेका छैनन्। आर्थिक वर्ष २०७८र०७९ मा १३ पालिकाले बजेट ल्याउन सकेनन्। यसरी बजेट नल्याउने पालिका सबैभन्दा बढी मधेश प्रदेशका रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बाग्मती प्रदेश १  र मधेश प्रदेशका १२ वटा पालिकाले बजेट ल्याउन सकेका छैनन्।बागमती प्रदेशको रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाले बजेट ल्याउन सकेको छैन। मधेस प्रदेशका छिन्नमस्ता गाउँपालिका सप्तरी, औरही गाउँपालिका , सिरहा, नरहा गाउँपालिका सिरहा, धनौजी गाउँपालिका धनुषा, गरुडा नगरपालिका रौतहट, दोवाही गोनाही नगरपालिका रौतहट, फतुवा विजयपुर नगरपालिका , रौतहट, बौधीमाई नगरपालिका रौतहट ,वृन्दावन नगरपालिका रौतहट  , सिम्रौनगढ नगरपालिका बारा, विश्रामपुर गाउँपालिका बारा,पोखरिया नगरपालिका पर्सा बजेट ल्याउन नसकेको मन्त्रालयले जनाएको छ।  
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार  स्थानीय सरकारले १० असारसम्ममा  बजेट पेस गर्नू पर्ने र असार मसान्तसम्ममा पारित गर्नू पर्ने प्रावधान  छ कार्यकाल सकिनै लाग्दा समेत कतिपय स्थानीय सरकारले बजेट पेस  गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

यस्तै अघिल्लो आर्थिक वर्ष २०७७र०७८ मा मधेस प्रदेशको छिन्नमस्ता गाउँपालिका सप्तरी, राजदेवी नगरपालिका रौतहट, बौधीमाया नगरपालिका रौतहट, जगरनाथ गाउँपालिका पर्सा ले दुई वर्ष अगाडिको बजेट ल्याउन सकेको थिएन।​स्थानीय तहमा राजनीतिक दल,जनप्रतिनिधि,कर्मचारी विवादका कारण बजेट पेस हुन नसकेको हो ।