दाङमा 'नो एमसीसी' लेखिएको शंकास्पद वस्तु फेला, घटनास्थलमा सेनाको टोली

सफल खबर संवाददाता

आइतबार, ०८ फागुन २०७८, ०९ : ४६
दाङमा 'नो एमसीसी' लेखिएको शंकास्पद वस्तु फेला, घटनास्थलमा सेनाको टोली

file Photo

दाङ । लमहीमा शंकास्पद वस्तु फेला परेको छ ।

लमही–कोहलपुर सडकखण्ड अन्तर्गत लमही नगरपालिका वडा नम्बर ७ को पद्मिनी खोला नजिक सडक छेउमा प्रेसर कुकरमा ‘नो एमसीसी’ लेखिएको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो ।

प्रेसर कुकरमा तार पनि बेरिएको छ । शनिबार राति सवारी चालकले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । 

प्रतिक्रिया दिनुहोस