काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुनर्गठित पार्टी घोषणा गरेसँगै केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
शनिबार थापाले राजधानीमा एक कार्यक्रममार्फत राप्रपा नेपालको औपचारिक घोषणा गरेका थिए ।
राजतन्त्रको मुद्दा बिनाको राप्रपा नेपालले अब हिन्दुराष्ट्र, सुशासन र समृद्धिको एजेण्डा बोक्नेछ ।
राप्रपा नेता लाक्पा तामाङले आइतबार बिहान ८ बजे केन्द्रीय समितिको बैठक धुम्बाराहीमा बोलाइएको बताए । बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ फागुन २०७८, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा