काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुनर्गठित पार्टी घोषणा गरेसँगै केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
शनिबार थापाले राजधानीमा एक कार्यक्रममार्फत राप्रपा नेपालको औपचारिक घोषणा गरेका थिए ।
राजतन्त्रको मुद्दा बिनाको राप्रपा नेपालले अब हिन्दुराष्ट्र, सुशासन र समृद्धिको एजेण्डा बोक्नेछ ।
राप्रपा नेता लाक्पा तामाङले आइतबार बिहान ८ बजे केन्द्रीय समितिको बैठक धुम्बाराहीमा बोलाइएको बताए । बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ फागुन २०७८, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा