काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको पहिलो केन्द्रीय समितिको बैठक बोलाएका छन् । शनिबार औपचारिक रुपमा पार्टी घोषणा भएसँगै आइतबारका लागि थापाले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
राप्रपा नेपालका नेता लाक्पा तामाङ धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्यालेसमा केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको जानकारी दिए । बैठकमा पार्टीको संगठनात्मक संरचना, आगामी रणनीति, समसामयिक विषयलगायतमा छलफल केन्द्रीत हुने बताइएको छ ।
राप्रपा नेपालको केन्द्रीय कमिटी हाल ६१ जनाको रहेको छ ।
निर्वाचन आयोगले कमल थापाको नेतृत्वमा पार्टी रहेको भनि अध्यावधिक गरिसकेको छ । राप्रपा परित्याग गरेसँगै लाक्पा तामाङले कमल थापालाई नेतृत्व दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ फागुन २०७८, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा