काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका क्रममा उनले देशमा राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा आएको जनाए ।
सो क्रममा उनले अब राप्रपा नेपाल प्रजातान्तित्र शक्तिका रुपमा रहने पनि बताए । यस्तै उनले राष्ट्रवादी, सनतात धर्म र सँस्कृतिप्रति कटिबद्ध शक्तिका रुपमा समेत राप्रपाले आफूलाई ढाल्ने बताए । सोही कार्यक्रममा उनले भने, ‘नेपाली जनताको ठूला चाहना छैनन् ।
उनीहरूको चाहना भनेको दुई छाक खाने, एक सरो लगाउन, बिरामी हुँदा सहजै उपचार र छोराछोरीलाई स्तरीय शिक्षा दिने हो ।’ यी आधारभुत आवश्यकतामा समेत अन्य पार्टीले चासो नदिएको उनको आरोप छ । अब राप्रपा नेपालले यिनै विषयालाई प्राथमिकतामा राख्ने उनले बताए । उनले यसअघि देशभरबाट जम्मा आठ प्रतिशत मत ल्याएकोमा अब ९४ प्रतिशतको दलका रुपमा राप्रपा जानुपर्ने पनि बताए ।
उनले कार्यक्रममा राप्रपा नेपालमा नयाँ पुराना सबै सहयात्री साथीहरूलाई स्वागत गरिने पनि बताए । उनले भने, ‘हामी राष्ट्रवादी शक्तिका रुपमा रहन्छौँ । हाम्रो भविष्य उज्जल छ । यो पार्टी युवाहरूको हुनेछ । सोही अनुसार पार्टीमा अधिकांश युवा छन् ।’ उनले हिजोसम्म सिमित घेरामा रहेको र अब ति सबै सीमा तोडेको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ फागुन २०७८, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा