काठमाडौं । कमल थापाको नेतृत्वमा आज राप्रपा नेपाल पार्टी घोषणा हुँदैछ। आफूले विगतमा बनाएकै दल 'राप्रपा नेपाल' मा उनी अध्यक्ष बनेका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले आफूले विगतमा बनाएको पुरानो पार्टीमा लागेका हुन्। प्रजातन्त्र दिवसको अवसर पारेर्दै थापाले पार्टी घोषणा गर्न लागेका हुन्। शनिबार दिउँसो १२ः१५ बजे राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा पार्टी घोषणा सभा हुने राप्रपा नेपालले जनाएको छ।
राप्रपा नेपालले हिन्दुराष्ट्र, सुशासन र समृद्धिलाई मूल एजेन्डा बनाएको छ।राप्रपा नेपाल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियताका साथ सहभागी हुने थापाको उद्घोष रहेकोछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ फागुन २०७८, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै
तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा नेपालको माग
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समिति बैठक
राप्रपा नेपालले २६ चैतमा काठमाडौँमा जनप्रदर्शन गर्ने
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्ने