काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पदाधिकारीहरुले लाक्पा तामाङले कमल थापालाई पार्टी बेचेको गम्भीर आरोप लगाएका छन् । यही विषयमा प्रदिप विक्रम राणाले राप्रपा नेपाल कमल थापाको नभएको भन्दै उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गर्दै निवेदन दिएको उनीहरुले जानकारी गराएका छन् ।
(शुक्रबार) रिपोर्टर्स क्लब नेपाल पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय अध्यक्षसमेत रहेका राणाले पार्टीका ९५ प्रतिशत केन्द्रीय पदाधिकारीलाई झुक्याएर अध्यक्ष लाक्पा तामाङले कमल थापालाई पार्टी बेचेको आरोप लगाए । साथै, उनले यसबारे छानबिन गर्न निर्वाचन आयोगमा समेत जानकारी गराएको स्पष्ट पारे ।
राप्रपा नेपाल कमल थापाले बनाएको पार्टी नभएको भन्दै थापाले ‘आफ्नै घरमा फर्किएँ’ भन्न नमिल्ने उनको तर्क थियो । यस्तै, राजसंस्था र हिन्दुराष्ट्र सखाप पार्नको लागि थापाले राप्रपा नेपाल कब्जा गर्न लागेको पनि राणाको आरोप छ । ‘यस कदममा ९५ प्रतिशत केन्द्रीय पदाधिकारीको असहमति रहेको छ । निर्वाचन आयोगले कसरी यस्तो निर्णय गर्यो रु यसको जवाफ निर्वाचन आयोग र लाक्पा तामाङले पनि दिनुपर्छ । न्यायलयले पनि हामीलाई न्याय दिनुपर्छ,’–उनले भने ।
कार्यक्रम सञ्चालक तथा पार्टीका उपाध्यक्ष तेजराज भुजेलले राप्रपा नेपाललाई माया गर्नेहरुको मन दुखेको भन्दै राजसंस्था बोकेर हिँडेको मान्छेलाई रातारात गणतन्त्रवादी बनाइकोमा दुःख व्यक्त गरे । साथै, उनले लाक्पा तामाङको कदम आफुहरुलाई कुनैपनि हालतमा मान्य नहुने चेतावनी द्यिए । पार्टीका केन्द्रीय प्रवक्ता राजेश्वरदास श्रेष्ठले वस्त्र जस्तोसुकै भएपनि चरित्र कस्तो छ भन्ने कुरा महत्वपूर्ण रहेको भन्दै कमल थापालाई अध्यक्ष स्विकार गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे ।
केन्द्रीय उपाध्यक्ष राम गोपालीले परिवर्तनका संवाहक युवाहरुले चलाइरहेको पार्टीलाई रातारात गणतन्त्रवादी बनाईएको भन्दै आफुहरु कमल थापाको बुट समातेर लाक्पा तामाङसँग सति जान नसक्ने बताए । युवाहरुको सपनामाथि कुठराघात गर्नुथियो भने किन हाम्रो सपना मार्नुभयो रु भन्दै प्रश्न उनले पनि तामाङमाथि प्रश्न गरे ।
यसैगरी राप्रपा नेपाल धरानका नेतृत्वकर्ता दोर्जे शेर्पाले लाक्पा तामाङले आफुलाई मिठो सपना देखाएर धोका दिएको भन्दै आफुले राजसंस्था र हिन्दुराष्ट्रलाई कहिल्यैपनि नत्याग्ने बताए । त्यस्तै, महामन्त्री राजु नापितले सनातन हिन्दुधर्म र राजसंस्थाको एजेण्डा बोकेको राप्रपा नेपाललाई कति पैसामा बच्नुभयो ? भन्दै तामाङमाथि प्रश्न गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ फागुन २०७८, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा