गजल

सोमबार, २४ बैशाख २०७५, १५ : ५३
गजल
- निर्मोही व्यास Nirmohi Vyas

प्यार रोप्दा पीर पाए गीति गजल गाए
विश्वासको सगरमाथासँग प्रीत लाए ।

काँडा सँगै फुले पनि काँडा हुन्न फूलमा
मान्छे कस्तो हुन्थ्यो होला त्यस्तै हुन पाए ।

ओत लाग्न कहाँ जाने ? ढले वर पिपल
फेला पारे बोधिवृक्ष छहारीमा आए ।

आफैंलाई नियालेर आफ्नै म सिंगारे
दूईटा छुट्टै अनुभूति पद्यमा सजाए ।

कहाँ छेकेर छेकिन्छ हत्केलाले सूर्य
काम गर्ने हात रुक्न नपर्ने बताए ।

( बोधिवृक्षको छायामा )

प्रतिक्रिया दिनुहोस