एमसीसीबारे प्रधानमन्त्रीले राखेको धारणा नै मेरो धारणा हो: रामकुमारी झाँक्री

सफल खबर संवाददाता

शुक्रबार, ०६ फागुन २०७८, १४ : ५१
एमसीसीबारे प्रधानमन्त्रीले राखेको धारणा नै मेरो धारणा हो: रामकुमारी झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छिन ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धन राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको बताईन । एमसीसी जस्ता विषयहरू नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि उनको भनाइ छ ।

‘नेपालमा पछिल्लो गठबन्धन एउटा बाध्यताको उपज एउटा लोकतान्त्रिक व्यवस्थाभित्र राजनीतिक प्रणाली स्थापित ग¥यौं, त्यसको रक्षाका लागि चाहेर वा नचाहेर बनेको गठबन्धन हो,’ उनले भनिन, ‘अरु यस्ता एमसीसी लगायतका इस्यूहरू थिए, ती पहिलादेखिका सरकारले सिर्जना गरेको दायित्व हो ।’

मन्त्री झाँक्रीले सरकारमा आफू मन्त्रिपरिषद्को सदस्य रहेको नाताले प्रधानमन्त्रीको एमसीसीको धारणा मन्त्रिपरिषद् सदस्य रहुन्जेलसम्म आफ्नो पनि धारणा भएको बताउनुभयो । मन्त्री झाँक्रीले एमसीसी जस्ता देशका लागि किचलो बनाउने विषयहरूबाट सरकार टाढा रहन उचित हुने धारणा राखिन।

‘म प्रधानमन्त्रीको मन्त्रिपरिषद्को एउटा सदस्य भएकोले प्रधानमन्त्रीले राखेको धारणा भन्दा बाहिरको धारणा राख्न उपयुक्त हुँदैन,’ उनले भनिन्, ‘यी विषयहरू नेपालको डोमेस्टिक पोलिटिक्समा अनावश्यक ढंगले किचलो हाल्नका लागि ल्याइएका हुन् ।’

प्रतिक्रिया दिनुहोस