काठमाडौँ । नेकपा एमालेले सभामुख अग्नि सापकोटालाई दुई विकल्प दिएको छ । मार्गप्रशस्त गर्ने वा आफ्नो गल्तीलाई सच्याएर अघि बढ्नेबारे उनलाई एमालेले विकल्प दिएको हो ।
आइतबार एमाले अध्यक्ष केपी अोली निवास बालकोटमा बसेको सचिवालय बैठकले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको विषयमा सभामुखको भूमिकालाई दिएर सापकोटालाई दुई विकल्प दिएको हो ।
‘सभामुखको भूमिका उहाँले निर्वाह गर्न सक्नुभएन । उहाँको भूमिकाप्रति हाम्रो आपत्ति रहेको छ । १४ जना सांसदलाई कारबाही गर्ने एमालेको निर्णयमा सभामुखले आफ्नो गल्तीलाई सच्याउने वा जारी अवरोध अन्य गर्नका लागि मार्गप्रशस्त गर्ने भन्ने दुई विकल्प हामीले दिएका छौँ’, बैठकपछि महासचिव शंकर पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ फागुन २०७८, २१ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
नवनिर्वाचित सभामुखको शपथ २:३० बजे
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
सभामुखमा डीपी अर्याल निर्विरोध चयन
नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने, उपसभामुखमा दाबी